अक्टोबर ३१ मा नै ब्रेक्जिट बेलायती सरकारको प्राथमिकता



बेलायती प्रधानमन्त्री बोरिस जोनसनले महारानी एलिजावेथ द्वितीय उपस्थित संसदीय कार्यक्रममा बेलायती सरकारको प्राथमिकताहरूलाई प्रस्ताव गरेका छन् । कार्यक्रममा सरकारका प्रमुख एजेण्डामध्ये ब्रेक्जिट उच्च प्राथमिकतामा रहेको बताइएको छ ।

कार्यक्रममा महारानी एलिजावेथ द्वितीयले संसदलाई सम्बोधन गर्दै सरकारले प्राथमिकतामा राखेका यूरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट), फौजदारी दण्ड र सजायँ तथा वातावरणसम्बन्धी बिषयसमेत विभिन्न २६ वटा कार्यसूची घोषणा गरेकी थिइन् ।

बेलायतमा सन् २०१६ मा भएको जनमतसङ्ग्रहमा बहिर्गमनका लागि बहुमत आएको भएपनि ब्रेक्जिटका लागि पूर्व प्रधानमन्त्री टरिजा मे र जोनसनले गरेका प्रस्ताव बेलायती संसदमा अनुमोदन हुन सकेका छैनन् ।

इयूबाट बहिर्गमन सहमतिका लागि बनेका नीतिहरू बेलायती कानून अनुकुल प्रधानमन्त्री जोनसनले बहिर्गमनपूर्व ब्रसेल्ससँग यही महिनाको अन्त्यसम्ममा सहमति गर्न गरिएको प्रयास अनुरूप तयार भएका छन् ।

बेलायती कन्जरभेटिभ पार्टीका नेतासमेत रहेका प्रधानमन्त्री जोनसनले ब्रेक्जिट कुनै पनि हालतमा यही महिनामा हुनुपर्ने दोहोराउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चाडमा विरोध प्रदर्शनको सामूहिक मुद्दामा २६२ जनालाई जेल सजाय

चाडको अदालतले गत अक्टोबरमा भएको घातक विरोध प्रदर्शनका क्रममा गिरफ्तार गरिएका दुई सय

बाढीका कारण पाकिस्तानको अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढी क्षति

पाकिस्तानले यस वर्षको विनाशकारी बाढीका कारण अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढीको नोक्सानी

चर्चित फ्रान्सेली लेखक लापियरेको निधन

फ्रान्सेली लेखक डोमिनिक लापियरेको निधन भएको छ । उनी ९१ बर्षका थिए ।

मालीमा सेनाको कारबाहीमा ६६ आतङ्कवादीको मृत्यु

मालीमा गत नोभेम्बर महिनामा मात्र कम्तीमा पनि ६६ जना आतङ्ककारी मारिएका बताइएको छ