अक्टोबर ३१ मा नै ब्रेक्जिट बेलायती सरकारको प्राथमिकता



बेलायती प्रधानमन्त्री बोरिस जोनसनले महारानी एलिजावेथ द्वितीय उपस्थित संसदीय कार्यक्रममा बेलायती सरकारको प्राथमिकताहरूलाई प्रस्ताव गरेका छन् । कार्यक्रममा सरकारका प्रमुख एजेण्डामध्ये ब्रेक्जिट उच्च प्राथमिकतामा रहेको बताइएको छ ।

कार्यक्रममा महारानी एलिजावेथ द्वितीयले संसदलाई सम्बोधन गर्दै सरकारले प्राथमिकतामा राखेका यूरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट), फौजदारी दण्ड र सजायँ तथा वातावरणसम्बन्धी बिषयसमेत विभिन्न २६ वटा कार्यसूची घोषणा गरेकी थिइन् ।

बेलायतमा सन् २०१६ मा भएको जनमतसङ्ग्रहमा बहिर्गमनका लागि बहुमत आएको भएपनि ब्रेक्जिटका लागि पूर्व प्रधानमन्त्री टरिजा मे र जोनसनले गरेका प्रस्ताव बेलायती संसदमा अनुमोदन हुन सकेका छैनन् ।

इयूबाट बहिर्गमन सहमतिका लागि बनेका नीतिहरू बेलायती कानून अनुकुल प्रधानमन्त्री जोनसनले बहिर्गमनपूर्व ब्रसेल्ससँग यही महिनाको अन्त्यसम्ममा सहमति गर्न गरिएको प्रयास अनुरूप तयार भएका छन् ।

बेलायती कन्जरभेटिभ पार्टीका नेतासमेत रहेका प्रधानमन्त्री जोनसनले ब्रेक्जिट कुनै पनि हालतमा यही महिनामा हुनुपर्ने दोहोराउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनद्वारा रुसमाथि अहिलेसम्मकै ठूलो आक्रमण

बीबीसी । युक्रेनले आइतबार रूसमाथि हालसम्मकै सबैभन्दा ठूलो लामो–दूरीको ड्रोन हमला गरेको दाबी

युक्रेनी तालिम स्थलमा रुसी मिसाइल आक्रमण, १२ सैनिकको मृत्यु

युक्रेन । युक्रेनको एक सैन्य तालिमस्थलमा भएको रुसी मिसाइल आक्रमणमा कम्तीमा १२ जना

इरानद्वारा आईएईएको प्रतिवेदन खारेज

तेहरान । इरानले संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाको (आईएईए) पछिल्लो

गाजामा इजरायली आक्रमणमा ३१ जनाको मृत्यु

गाजा । दक्षिण गाजाको राफाह क्षेत्रमा रहेको एक मानवतावादी सहायता वितरण केन्द्रको नजिक