कश्मीरमा ७२ दिनपछि खुल्यो मोबाइल सेवा



भारत प्रशासित कश्मीरमा अवरूद्ध गरिएको ७२ दिनपछि मोबाइल सेवा पुन: शुरू भएको छ।

गएको अगष्ट ५ मा कश्मीरको विशेष हैसियत खारेज गर्ने निर्णय गर्नु अघि भारत सरकारले उक्त क्षेत्रमा मोबाइल फोन, टेलिफोन र इन्टरनेट सेवा निलम्बन गरेको थियो।

पछिल्लो निर्णयसँगै ४० लाख मोबाइल फोनहरू पुन: सञ्चालनमा आएका छन् तर प्रिपेड मोबाइल फोन अझै खुल्ला गरिएको छैन ।उक्त क्षेत्रमा अझै पनि इन्टरनेट सेवा निलम्बित अवस्थामै छ।

अधिकारीहरूले अघिल्लो महिनाबाट ८० प्रतिशत टेलिफोन चल्न थालेको बताएपनि भारत प्रशासित कश्मीरमा धैरै मानिसहरूको त्यसमा पहुँच छैन्।

समाजिक सञ्जालका प्रयोगकर्ताहरूले आफ्ना परिवार तथा मित्रहरूसँग दुई महिनापछि जोडिन पाएको भन्दै प्रतिक्रिया जनाइरहेका छन्।

ग्रान्द्रवाल जिल्लामा बस्ने डा. सयद जहौर गिलानीले सोमबार अपराह्नदेखि आफ्नो मोबाइल चल्न थालेको बताए।

उनले भने, “मैले पहिलो कल नै मेरी श्रीमतीलाई गरेँ तर उनकोमा फोन लागेन किनकी उनको फोन सेवा प्रदायकले आफ्नो सेवा शुरू गरिसकेको थिएन।”

“तर हैदराबादमा रहेका मेरा आफन्तहरूले मलाई सम्पर्क गर्न सके र मैलै उनीहरूसँग कुरा गरेँ।” सञ्चार अवरोधले उक्त क्षेत्रको अर्थतन्त्रलाई अघात पुर्‍याएको थियो। मोबाइल फोन र इन्टरनेट नचल्दा कैंयौँ व्यापारिक निकायहरू सञ्चालनमा बाधा पुगेको थियो।

कश्मीर चेम्बर अफ कमर्स एण्ड इन्ड्रस्ट्रीले पछिल्लो अवरोधका कारण उक्त क्षेत्रलाई १.४ अर्ब डलर नोक्सान भएको र हजारौँ रोजगारीको अवसर कटौती भएको उल्लेख गरेको छ।

कश्मीरको विशेष हैसियत खारेज गर्ने निर्णयका कारण त्यहाँ विरोध प्रदर्शनहरू भएका थिए।

तीमध्ये कतिपय हिंसात्मक रहेका र केही जिल्लामा प्रदर्शनकारीहरूले ढुङ्गा प्रहार गरेका विवरण आएका थिए। तर भारत सरकारले अधिकांश भूभागमा अमनचयन कायम रहेको प्रतिक्रिया दिएको थियो।

भारत सरकारले खारेज गरेको संविधानको धारा ३७० ले कश्मीरलाई दिएको विशेष हैसियतले उक्त क्षेत्रलाई केही हदसम्मको स्वायत्ता उपलब्ध गराएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही

थाइल्याण्डमा यसवर्ष ‘लु’बाट ३० जनाको मृत्यु

  यस वर्ष ‘लु’बाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको

अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र दियो

बीबीसी । अमेरिकाले गोप्य रूपमा पठाएका लामो दूरीसम्म प्रहार गर्न सकिने क्षमताका बलिस्टिक