खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा भारतमा कम्तीमा १२ जनाको मृत्यु



भारतको उत्तर प्रदेशको मऊ जिल्लास्थित एउटा घरमा खाना पकाउने ग्यासको सिलिन्डर विस्फोटन हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

सोमवार विस्फोटनका कारण उक्त दुईतले घर भत्किएको छ। उद्धारकार्य जारी रहेको छ। घरको भग्नावशेषमा अरू मानिस पुरिएको हुन सक्ने अधिकारीहरूले बताएका छन्।

ठूलो विस्फोटनको आवाज सुनिएको र त्यसपछि उक्त घरमा आगो लागेको आफूले देखेको छिमेकीहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन्।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन्।

एक वरिष्ठ अधिकारी अवनीश अवस्थीले समाचारसंस्था पीटीआईलाई बताए अनुसार मुख्यमन्त्रीले उक्त घटनामा परेका व्यक्तिका परिवारजनसँग समवेदना प्रकट गर्दै घाइतेहरूलाई सम्भव भएसम्म सबै राहत र चिकित्सकीय सहायता तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिका–भारत सैन्य अभ्यास अलास्कामा

अमेरिकी र भारतीय सेनाको संयुक्त युद्ध अभ्यास अमेरिकाको अलास्कामा शुरु भएको छ ।

दिल्लीस्थित अफगानी दूतावास बन्द हुने

नयाँदिल्लीमा रहेको अफगान दूतावास शनिबारदेखि बन्द हुने भएको छ । भारत सरकारको असहयोगका

एकवर्षमा करिब दुई लाख आप्रवासी भूमध्यसागर पार गरेर युरोप पुग्न सफल

एकवर्षमा करिब दुई लाख आप्रवासी भूमध्यसागर पार गरेर युरोप पुग्न सफल भएपनि दुई

नागोर्नो–काराबाखको इन्धन डिपो विष्फोट हुँदा मृत्यु हुनेको संख्या एक सय ७० पुग्यो

  नागोर्नो–काराबाखको इन्धन डिपोमा भएको विष्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ७०