सिरियाबाट एक हजार अमेरिकी सैनिक फिर्ता हुने



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरी सिरियामा तैनाद करिब एक हजार सैनिकलाई फिर्ता गर्न अमेरिकी रक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् ।

टर्कीको आक्रमणका कारण उत्तरी सिरियाबाट एक लाख ३० हजार कुर्द नागरिक विस्थापित भएको समाचार आइरहेका समय अमेरिकाको भनाई बाहिरिएको हो ।

आइतबार अमेरिकी रक्षा मन्त्री मार्क एस्परले भने, “राष्ट्रपति ट्रम्पले सिरियाबाट सेना फिर्ता गर्नका लागि निर्देशन दिनुभएको छ ।” करिब एक हजार अमेरिकी सैनिकलाई सिरियाबाट फिर्ता बोलाउन लागिएको उनले बताए ।

सिरियाबाट एक हजारको हाराहारीमा सैनिक फिर्ता गरिन लागेको उनले फक्स न्यूजसँगको कुराकानीमा बताए । सिरियाको उत्तरी क्षेत्रमा अमेरिकी सहयोगमा कुर्दहरूले टर्कीका साथै सिरियाली सरकारसँग प्रतिरोध गर्दै आएका थिए ।

सिरियाली कुर्दहरूलाई ‘आतङ्कवादी’ बताउने टर्कीले गत बुधबारदेखि हवाई आक्रमण चलाएको छ । सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्ने ट्रम्पको निर्णयप्रति आलोचना गर्नेहरूले अमेरिकाले आफ्ना इमान्दार सहयोगीलाई त्याग्नु गलत भएको बताएका छन् ।

सिरियाली कुर्दहरूले पनि अमेरिकाले सहयोग नगरेर आफूहरूलाई बीचमा धोका दिन लागेको बताएका रिपोर्टहरू सञ्चारमाध्यमहरूमा आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी सहायता कटौतीले अफगानिस्तानमा लाखौं मानिसलाई भोकमरीको खतरा

काबुल । अमेरिकाले अफगानिस्तानका लागि दिएको खाद्य सहायता कटौती गरेपछि यहाँका लाखौं मानिस

तीव्र हावाहुरीले उत्तर चीन प्रभावित, सयौँ उडान रद्द, पार्क र रेल सेवा स्थगित

बेइजिङ । चीनमा शनिबार चलेको तीव्र हावाहुरीका कारण जनजीवन प्रभावित बनेको छ। बेइजिङलगायत

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ३२ जनाको मृत्यु

सुडान । सुडानको उत्तर दारफुर राज्यमा रहेको जमजम नामक विस्थापितहरूको शिविरमा अर्धसैनिक समूह

चीनको नयाँ उपलब्धि: विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन तयार

बेइजिङ । चीनले आपतकालीन अवस्थाहरूमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन विश्वकै पहिलो अत्याधुनिक