जर्मनले टर्कीलाई हतियार विक्री नगर्ने



टर्कीले सिरियाली कुर्दिस समूहमाथि विगत पाँच दिन यता गरेको अन्धाधुन्ध हवाई आक्रमणलाई लिएर जर्मनीले टर्कीलाई हतियार बिक्री गर्न रोक्ने बताएको छ ।

टर्कीले जर्मनीबाट आपूर्ति भएको हतियार सिरियाली कुर्दिस समुदायमाथि लक्षित गरिएको र यसबाट सर्वसाधारण जनताको मृत्यु भएका खबरहरूपछि जर्मनीले उक्त निर्णय लिन लागेको हो ।

उत्तरपूर्वी सिरियामा टर्कीको सैन्य आक्रमणका कारण विगत चार दिनमा २७ सर्वसाधारणको मृत्यु भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा समाचार आएका थिए ।

बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमन संस्थाले शनिबार पनि हवाई आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मोजाम्बिकका दुई तिहाइ नागरिक इन्टरनेटको पहुँच बाहिर

मोजाम्बिकको कुल जनसङ्ख्याको दुई तिहाइ हिस्सा अर्थात् देशको दुई करोड २० लाखभन्दा बढी

करिब तीन हजार अफगान शरणार्थी इरानबाट स्वदेश फिर्ता

इरानमा बस्दै आएका करिब तीन हजार अफगानी शरणार्थी मङ्गलबार स्वदेश फर्किएका छन् । अफगानिस्तानको

फिलिपिन्समा रेडियो पत्रकारको गोली हानी हत्या

फिलिपिन्समा एक जना रेडियो पत्रकारको गोली हानेर हत्या भएको छ । पचास वर्षीय

काजाकिस्तानले तेल अविवमा धार्मिक सम्मेलन आयोजना गर्ने

काजाकिस्तानले आगामी साता पवित्र भूमि तेल अविवमा धार्मिक सम्मेलन गर्ने घोषणा गरेको छ