काठमाडौं । नेपाल प्रियिमर लिग (एनपीएल) को पहिलो क्वालिफायर्समा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले फिल्डिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिए । खेलमा दुवै टोली जित निकाल्दै फाइनलमा स्थान बनाउने लक्ष्यमा छ ।
लुम्बिनीले शीर्ष टोलीको रूपमा क्वालिफायर्समा स्थान बनाएको छ । टोलीले लिग चरणमा ११ अंक बटुल्दै शीर्ष स्थान बनाएको थियो । सुदूरपश्चिमले दोस्रो शीर्ष टोलीको रूपमा क्वालिफायरमा प्रवेश गरेको थियो । टोलीले १० अंकका साथ क्वालिफायरमा स्थान बनाएको छ ।

प्रतिक्रिया