न्यूयोर्क । फिफा विश्व कप २०२६ मा गोलको नयाँ रेकर्ड बनेका छन् । शनिबार रातिको खृलबाट फ्रान्सका अग्र पंक्तिका किलियन एम्बाप्पेले २२ गोल गर्दै विश्वकप इतिहासमा सबैभन्दा बढी गोल गर्ने रेकर्ड आफ्नो नाममा दर्ता गरेका छन् । अर्जेन्टिनाका लियोनल मेसी २१ गोलसहित उनको ठीक पछाडि छन् तर उनले फाइनलको एक खेल खेल्न अझै बाँकी छ । फाइनल दुवै खेलाडीको रेकर्ड चर्चाको केन्द्र बनेको छ ।
फिफा विश्वकप सन् १९३० देखि नै विश्वका महान फुटबल खेलाडीहरूको सबैभन्दा ठूलो मञ्च रहँदै आएको छ । यस प्रतियोगितामा धेरै दिग्गजले गोलबाट इतिहास रचेका छन्, तर २०२६ विश्वकपले गोल रेकर्डको तस्बिर पूरै बदलिदिएको छ ।
लामो समयसम्म १६ गोलसहित शीर्ष स्थानमा रहेका जर्मनीका मिरोस्लाभ क्लोजलाई यो बर्षको खेलमा पहिले मेसी र पछि एम्बाप्पेले उछिनेका छन्। मेसीले एक पटक फेरि एम्बाप्पेलाई पछाडि पार्न सम्भव छ वा एम्बाप्पेले यस शीर्षकमा जादुमयी फुटबलर मेसीलाई उछिन्छन् नेपाली समय अनुसार आइतबार राति १२ः४५ बजे सुरु हुने विश्वकप फाइनलअघि सबैको ध्यान यो कुरामा छ ।
–सर्वाधिक गोलकर्ता एम्बाप्पे–
फ्रान्सका स्टार स्ट्राइकर एम्बाप्पेले सन् २०२६ को विश्वकपमा १० गोल गर्दै आफ्नो कुल गोल सङ्ख्या २२ पुर्याएका छन् । उनले २०१८ मा चार गोल, सन् २०२२ मा आठ गोल र सन् २०२६ मा १० गोल गरेका छन् । उल्लेखनीय कुरा के छ भने उहाँले यो उपलब्धि मात्र २२ खेलमा हासिल गर्दै अहिलेसम्म विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बनेका छन् ।
–मेसीलाई फाइनलमा रेकर्ड फर्काउने मौका–
अर्जेन्टिनाका कप्तान लियोनल मेसीले छ वटा विश्वकप खेलेका छन् र ३३ खेलमा २१ गोल गरेका छन् । सन् २०२६ को संस्करणमा उनले आठ गोल गर्दै क्लोजको रेकर्ड तोडेर अग्रस्थान लिएका थिए तर एम्बाप्पेले पछि उनीहरूलाई उछिन्ने गरेका छन् । अब स्पेनविरुद्धको फाइनलमा मेसीसँग फेरि नम्बर–१ बन्ने सुनौलो अवसर छ। उनलाई यसका लागि दुई गोल चाहिन्छ ।
–क्लोज र ब्राजिलका रोनाल्डो क्रमशः तेस्रो र चौथो स्थानमा–
जर्मनीका मिरोस्लाभ क्लोज १६ गोलसहित तेस्रो स्थानमा झरेका छन् भने ब्राजिलका महान स्ट्राइकर रोनाल्डो नाजारियो १५ गोलसहित चौथो स्थानमा छन्।
इङ्ल्याण्डका ह्यारी केन, जर्मनीका गर्ड म्युलर र फ्रान्सका जस्ट फोन्टेन पनि विश्वकप खेल इतिहासमा धेरै गोलकर्तामध्येको सूचीमा रहेका छन् । इङ्ल्यान्डका कप्तान ह्यारी केन र पश्चिम जर्मनीका गर्ड म्युलर १४ गोलसहित संयुक्त पाँचौं स्थानमा रहेका छन् । फ्रान्सका जस्ट फोन्टेनले सन् १९५८ मा एकै विश्वकपमा १३ गोलको रेकर्ड बनाएका थिए । यो रेकर्ड अहिलेसम्म कायम छ ।
अब सबैको ध्यान स्पेन र अर्जेन्टिनाबीच हुने फाइनलमा छ। यदि मेसीले यो फाइनलमा दुई वा सोभन्दा बढी गोल गरे भने उनी एम्बाप्पेलाई पछाडि पारेर फेरि विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बन्न सक्नेछन् ।

प्रतिक्रिया