काठमाडौँ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले पराजित गरेको हो । क्यानडाका लागि १६औँ मिनेटमा क्लाइल केरिनले पहिलो गोल गरे ।
३९औँ मिनेटमा गोल गरेका जोनाथ डेभिसले पहिलो हाफ समाप्त हुनु केही क्षणअघि व्यक्तिगत दोस्रो गोल गरे । पहिलो हाफमा कतारविरुद्ध क्यानडाले ३–० को अग्रता लियो ।
पहिलो हाफको ३३औँ मिनेटमा कतारका होमाम अहमदले रेड कार्ड पाएपछि कतार १० जनामा सीमित भयो । खेलको ५५औँ मिनेटमा कतारका अर्का खेलाडी असिम ओमामिदोलाई पनि रेफ्रीले रेड कार्ड थमाए । कतार नौ जनामा सीमित रह्यो । ६३औँ मिनेटमा लियाम मिलरले क्यानडाका लागि गोल गरे ।
खेलको ७४औँ मिनेटमा कतारले आत्मघाती गोल गर्दा स्कोर ५–० पुग्यो । खेलको इन्जुरी समयमा जोनाथन डेभिडले गोल गर्दै घरेलु मैदानमा ह्याट्रिक बनाए । त्यसपछि क्यानडा ६–० ले विजयी भयो । जीतसँगै क्यानडाले अङ्क तालिकामा चार अङ्क जोडेको छ ।

प्रतिक्रिया