काठमाडौँ । फिफा विश्वकप फुटबलमा चेक रिपब्लिक र साउथ अफ्रिकाबीचको खेल बराबरीमा सकिएको छ । बिहीबार राति अमेरिकाको एटलान्टा रंगशालामा भएको चेक रिपब्लिक र साउथ अफ्रिकाबीचको खेल १–१ गोलको बराबरीमा रोकिएको हो ।
खेलको छैठौँ मिनेटमा मिचल सादिलेकले गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए । उनले दिलाएको अग्रता ८३औँ मिनेटमा साउथ अफ्रिकाका टेबोहो मोकोएनाले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि कुनै पनि गोल हुन सकेन ।

प्रतिक्रिया