विश्वकप फुटबलमा जर्मनीद्वारा क्युरासाओ ७–१ गोलले पराजित


काठमाडौं । फिफा विश्वकप फुटबलमा क्युरासाओविरुद्ध जर्मनीले गोलको वर्षा गरेको छ । चार पटकको विश्व विजेता जर्मनीले क्युरासाओलाई ७–१ गोलले पराजित गरेको हो ।

अमेरिकाको ह्युस्टन स्टेडियममा भएको समूह इ को खेलमा क्युरासाआले एक गोल गर्यो । विश्वकपको डेब्यू खेलमा गोल गर्दै लिभियानो एमिन्सियाले आफ्नो रेकर्ड दर्ज गराएका छन् । खेलको पाँचौँ मिनेटमा जर्मनीका फेलिक्स नेचाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । लिभियानोले गोल फर्काएपछि खेल बराबरीमा आएको थियो ।

पहिलो हाफमा निको स्कोलवर्गले गोल थप्दै खेल २–१ को स्थितिमा पुर्याए । ४५ औँ मिनेटमा क्युरासाओका रिचेड्ली वीओरले डिबक्स एरियामा फाउल गरेपछि रेफ्रीले जर्मनीलाई पेनाल्टीको मौका दिए । मौकाको सदुपयोग गर्दै काइ हार्भेजले गोल थपे । दोस्रो हाफमा जामल मोसियाले गोल गर्दै खेललाई ४–१ को स्थितिमा पुर्याए । ६७ औँ मिनेटमा जर्मनीका नाथानियल ब्राउनले गोल थप गरेपछि खेल ५–१ को स्थितिमा पुग्यो ।

७७ औँ मिनेटमा डेनिज उम्दाले गोल गरेपछि स्थिति ६–१ मा पुगेको हो । ८७ औँ मिनेटमा काइ हार्भजले गोल गर्दा खेल ७–१ मा पुग्यो जितसँगै जर्मनीले तीन अंक पाएको छ । जर्मनीले अब अर्को खेलमा आइभरीकोष्ट र कुरासाओले इक्वेडरसँग खेल्नेछ ।समूह इ कै अर्को खेलमा सोमबार बिहान आइभरीकोष्ट र इक्वेडरबीच खेल हुनेछ ।