काठमाडौँ । साफ महिला च्याम्पियनसिपमा नेपाल पराजित भएको छ । बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग २–१ गोलले पराजित भएको हो । बराबरीमा खेलिरहेको नेपालले अन्तिम समयमा गोल खान पुग्यो ।
इन्जुरी समयमा ९३ औं मिनेटमा सगोरिकाले गोल गर्दै बंगलादेशलाई तेस्रोपटक फाइनलमा पुर्याइन् । २२ औं मिनेटमा गीता रानाले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन्। दीपा शाहीको कर्नरबाट आएको बलमा गीताले गोल गरेकी हुन् । ४६ औं मिनेटमा ऋतु पोर्ना चक्माले एक गोल गरिन् ।
उनले कर्नरबाट सिधै गोल गर्दै बंगलादेशलाई बराबरीमा ल्याइन् । नेपालकी गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले बललाई पञ्च गरेपनि पोस्टबाहिर पुर्याउन सकिनन् ।
नेपालले भुटानलाई १–० र श्रीलंकालाई २–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । जितसँगै फाइनलमा स्थान बनाएको बंगलादेशले घरेलु टोली भारत र भुटानबीचको विजेतासँग उपाधिका लागि भिड्नेछ।

प्रतिक्रिया