काठमाडौँ । एसियन गेम्स छनोटअन्तर्गतको पहिलो खेलमा नेपालले चीनमाथि २२१ रनको फराकिलो जित दर्ता गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा ३१३ रन बनाएको थियो ।
नेपालले दिएको ३१४ रनको विजयी लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा ९२ रन बनाउँदै अलाआउट भयो । चीनको लागि सेन्जियान जिङले सर्वाधिक ३१ रन बनाए । उनले १५ बलमा १ चौका र ४ छक्का प्रहार गरे ।
त्यसअघि, ब्याटिङ गरेको नेपालको लागि कुशल भुर्तेलले कीर्तिमानी ब्याटिङ प्रदर्शन गरे । भुर्तेलले ४३ बलमा ५ चौका र १६ छक्कासहित १२९ रनको पारी खेलेका हुन् ।
नेपाल समूह ए मा रहेर यो प्रतियोगिता खेलिरहेको छ । जसमा समूह ए मा चीन, मलेसिया र नेपाल रहेका छन् ।

प्रतिक्रिया