काठमाडौँ । साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) आईपीएल क्रिकेटको फाइनलमा पुगेको छ । गएराति भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै आरसीबी फाइनलमा पुगेको हो । धर्मशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २५४ रन बनाएको थियो ।
आरसीबीका कप्तान रजत पाटीदारले अविजित ९३ रन बनाए । विराट कोहली र क्रुनाल पाण्ड्याले समान ४३ रन बनाए । आरसीबीले दिएको २५५ रनको लक्ष्य पछयाएको गुजरात १९ ओभर ३ बलमा १६२ रनमा अलआउट भयो । गुजरातले फाइनलमा पुग्न अब सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीचको इलिमिनेटर विजेतासँग खेल्नेछ । गतवर्ष पञ्जाबलाई हराउँदै आरसीबीले उपाधि जितेको थियो ।

प्रतिक्रिया