काठमाडौँ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिप २०२६ मा पहिलो जित दर्ता गरेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
नेपालले किर्गिस्तानलाई २५–१८, २५–२० र २५–१३ ले हरायो । समूह चरणको अन्तिम खेलमा नेपालले आइतबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। यसअघि च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो ।
शनिबार नै भएको खेलमा भारतले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हरायो। भारतले २५–९, २५–१४ र २५–१७ को सेटमा जित निकाल्दै लगातार दोस्रो जित दर्ता गरेको छ र सेमिफाइनल सम्भावना बलियो बनाएको छ । त्यस्तै, आज भएको पहिलो खेलमा कजाकस्तानले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको छ।

प्रतिक्रिया