स्कटल्यान्डले नेपाललाई दियो २४४ रनको लक्ष्य


काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा स्कटल्यान्डले नेपाललाई २४४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर २४३ रन बनायो ।

स्कटल्यान्डका जर्ज मुन्सेले ७५ रन बनाए । नेपालका सन्दीप लामिछानेले ४ तथा करण केसी र नन्दन यादवले २÷२ विकेट लिए । स्कटल्यान्डले ११३ रन बनाउँदासम्म १ विकेट पनि नगुमाई ब्याटिङ गरिरहेको अवस्थामा सन्दीपले लगातार ४ विकेट लिएका हुन् ।

यसअघि नेपालले घरेलु मैदानमै ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) सँग लिग–२ शृङ्खला खेलेको थियो । यो शृङ्खलामा नेपालले ४ मध्ये ३ खेल जितेको थियो । ८ देश सहभागी लिग–२ मा नेपाल १८ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । अमेरिका ३६ अङ्कसहित शीर्ष र स्कटल्यान्ड ३४ अङ्कसहित दोस्रो स्थानमा छ ।