काठमाडौँ । बार्सिलोनाले स्पेनिस लिग ला लिगाको उपाधि जितेको छ । गएराति भएको खेलमा रियल म्याड्रिडलाई २–० गोलले पराजित गर्दै बार्सिलोनाले तीन खेल अगावै लिगको उपाधि जितेको हो ।
स्पोटिफाई क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन मार्कुस राशफोर्ड र फेरान टोरेसले समान एक÷एक गोल गरे । खेलको नवौं मिनेटमा राशफोर्डले फ्रि–किकमा गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए । १८ औँ मिनेटमा डानी ओल्मोको पासमा टोरेसले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना २–० गोलले विजयी भएको हो । जितसँगै बार्सिलोना ३५ खेलबाट ९१ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ७७ अंक जोडेको म्याड्रिड दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया