काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग–२ अन्तर्गत हुने त्रिकोणात्मक सिरिजको लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले सिरिजका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
नेपाली टोलीमा रोहित पौडेल(कप्तान), दीपेन्द्र सिंह एरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, भीम शार्की, आरिफ शेख, इशान पाण्डे, गुलसन झा, सोमपाल कामी, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल, करण केसी छन् । स्कटल्याण्ड, अमेरिका र नेपाल सम्मीलित त्रिकोणात्मक सिरिज मंगलबारबाट शुरू हुँदैछ । पहिलो खेलमा नेपाल र स्कटल्याण्ड भिड्दैछन् ।

प्रतिक्रिया