आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालसँग ओमान पराजित


काठमाण्डौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाअन्तर्गत नेपालले ओमानलाई ८२ रनले हराएको छ । नेपालले दिएको २६५ रनको लक्ष्य पछ्याएको ओमान ३९ ओभर ५ बलमा १७५ रनमा अलआउट भयो ।

ओमानका विनायक शुक्लाले ३६ र हमाद मिर्जाले ३४ रन बनाए । नेपालका गुलशन झाले ५ विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४९ ओभर ५ बलमा २ सय ५६ रन बनाएर अलआउट भयो ।

नेपालका आशिफ शेखले ९४, अर्जुन कुमालले ४८ र आरिफ शेखले ४३ रन बनाए । ओमानका नदिम खानले ३ विकेट लिए । नेपालले लिग–२ कै खेलमा यही वैशाख २९ देखि तालिकाका शीर्ष २ टोली अमेरिका र स्कटल्यान्डसँग खेल्नेछ ।