नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक


काठमाडौँ ।  चीनको हाइनान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले चार स्वर्ण जितेका छन् ।

नेपाली टोलीका प्रशिक्षक इन्द्रराज खड्काका अनुसार भिजन तामाङले दुई स्वर्ण जितेका छन् । उनले व्यक्तिगत पुम्सेको १९ वर्षमुनि क्याटगोरीको स्वर्ण जिते । ४९ केजी तौल समूहको फाइटमा पनि उनी स्वर्ण जित्न सफल भए ।

आयुष बोहराले पनि स्वर्णसहित कांस्य पदक जित्न सफल भएका छन् । उनले ब्रेकिङ इभेन्टमा स्वर्ण जितेका हुन् । आयुषले व्यक्तिगत पुम्सेमा भने कांस्य पदक हात पारे ।

सन्दीप बस्नेतले पनि ब्रेकिङमा स्वर्ण जितेका छन् । हाइनान ओपन तेक्वान्दो च्याम्पिनयनसिप मे २ देखि ४ सम्म चीनको सान्यामा भएको थियो ।