काठमाडौँ । गण्डकी प्रदेशले एपिएफ क्लबलाई पराजित गर्दै प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ ।
काठमाडौँको तल्लो मुलपानी मैदानमा आइतबार भएको खेलमा गण्डकी प्रदेशले एपिएफलाई ४३ रनले पराजित गरेको हो ।
टस जितेर पहिला ब्याटिङ रोजेको गण्डकी प्रदेशले २१ ओभरमा ७ विकेट गुमाउँदै १५० रन बनायो । उसका लागि गौरव विकले ३७, अर्जुन कुमालले २५, दीपक डुम्रेले ३४ तथा कप्तान विपिन खत्रीले अविजित २० रन जोडे ।
बलिङतर्फ एपिएफका लागि अभिनाश बोहराले ३ विकेट लिए । एक सय ५१ रनको विजयी लक्ष्य पछ्याएको एपिएफ क्लबले १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १०७ रन मात्र बनायो । एपिएफका लागि लोकश बम र आसिफ शेखले १४÷१४ रन बनाए । कप्तान रोहितकुमार पौडेलले ३ रन मात्र बनाए । सुमित महर्जनले २२ तथा कमलसिंह ऐरीले १७ रन बनाए ।

प्रतिक्रिया