वीरगञ्ज । तेस्रो संस्करणको मारवाडी प्रिमियम लिग क्रिकेटको उपाधि गौरीशङ्कर हिर्टसले जितेको छ ।
स्वर्गीय सुशील कुमार खेतानको स्मृतिमा वीरगञ्जको आर्दश रङ्शालामा मंगलबार भएको फाइनल खेलमा गौरीशङ्कर हिर्टसले अन्नपूर्ण टाइगर्सलाई सात विकेटले हराउँदै उपाधि जितेको हो ।
सुरुवाती ब्याटिङ गरेको अन्नपूर्ण टाइगर्सले १५ ओभरको समाप्तिमा १० विकेट गुमाएर एक सय दुई रन जोड्न सफल भएको थियो ।
जवाफी ब्याटिङ्मा उत्रिएको गौरीशङ्करले १० दशमलव चार ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पछ्याउँदै उपाधि चुमेको हो । ग्रिन सिटी सामुदायिक केन्द्रका अध्यक्ष जयप्रकाश खेतान, समाजसेवी राजकुमारी खेतान, मारवाडी युवा मञ्जका अध्यक्ष अनुज रुगटा र पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले विजेता टोलीलाई नगद चार लाख, मेडल, प्रमाणपत्र र ट्रफी हस्तान्तरण गरे ।
यस्तै, उपविजेता टोलीले नगद दुई लाख पचास हजार, मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो । १५ ओभरमा खेलाइएको खेलमा १० टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा ‘म्याच अफ दी सिरिज’ कृष्ण सोनी भए । यस्तै, उत्कृष्ट ब्याट्सम्यानबाट हर्ष बारा, उत्कृष्ट बलर अभय रुगटा, उत्कृष्ट फिल्डर विनित लोहिया, ‘म्याच अफ दि म्याच’बाट राजन क्याल पुरस्कृत भए । यसैगरी ‘मोष्ट भ्यालुएवल खेलाडी’बाट अरपित महतो पुरस्कृत भए ।
ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष खेतानले मारवाडी समुदायमा रहेका खेलाडीबीच भ्रातृत्व र खेलकौशल अभिवृद्धि गर्ने उद्देश्यससहित प्रतियोगिता आयोजना गरिएको बताए । ‘आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिइने उनले प्रतिबद्धता जनाए ।

प्रतिक्रिया