तालाबन्दीले ‘ए’ डिभिजन लिग प्रभावित हुने एन्फाको चेतावनी


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले तालाबन्दी हुँदा ‘ए’ डिभिजन लिग समयमै गर्न असम्भव देखिएको जनाएको छ ।

सोमबार विज्ञप्ति जारी गरी एन्फाले कुनै पूर्वजानकारी प्रत्याशित रूपमा तालाबन्दी गरिएको भन्दै यसले खेल प्रभावित हुने बताएको हो । नेपाल फुटबल खेलाडी संघले माग पूरा नभएको भन्दै एन्फाको मुख्यालयमा आइतबार तालाबन्दी गरेको थियो ।

एन्फाले भनेको छ, ‘शहीद स्मारक ए डिभिजन लिग र राष्ट्रिय लिग सञ्चालनका लागि एन्फा सहभागी क्लबहरू र खेलाडी संघबीच निरन्तर संवाद र समन्वय भई राष्ट्रिय लिग तय भएको र निर्धारित कार्यतालिकाअनुसार राष्ट्रिय लिग सम्पन्न भएको एक महिना पश्चात ए डिभिजन लिग सुरु गर्न एन्फा पूर्ण रुपमा प्रतिवद्ध रहेको र सोही बमोजिम तयारी भइरहेको जानकारी गराउन चाहन्छौँ । तसर्थ खेलाडी संघको माग र त्रिपक्षीय सहमति तालाबन्दीको बीचमा सबै दैनिक प्रशासनिक गतिविधिहरू अवरुद्ध हुन गएको कारण कार्यान्वयन गर्न असम्भव देखिन्छ ।’