वेस्ट इन्डिजलाई हराउँदै भारत टी–२० विश्वकपको सेमिफाइनलमा


काठमाडौँ । भारत जारी टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । भारतले वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गरेर प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । वेस्ट इन्डिजले दिएको १९६ रनको लक्ष्य पछाएको भारतले १९.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

भारतको जितमा सन्जु सामसनले अविजित ९७ रन बनाएका थिए । त्यस्तै तिलक बर्माले २७, कप्तान सुर्य कुमार यादवले १९ र हार्दिक पाण्डेयले १७ रन बनाएका थिए ।

त्यस्तै वेस्ट इन्डिजका बलर जासन होल्डर र शमार जोसेपले २–२ विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो ।