धरान । धरानमा सम्पन्न १४औँ धरान १० के रनको उपाधि नरेन्द्रसिंह रावत र सन्तोषी श्रेष्ठले हात पारेका छन् ।
धरान १० (टेनके) किलोमिटर रनमा रावतले ३१ मिनेट ५१ सेकेण्डमा दौड पूरा गरेका थिए भने श्रेष्ठले ३७ मिनेट ३७ सेकेण्डमा पूरा गरेकी हुन् । उनीहरुलाई नगद ६० हजार पुरस्कार प्रदान गरिएको छ ।
पुरुषतर्फ जुलियस मर्युकी ३१ मिनेट ५८ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो भए भने महिलातर्फ पुष्प सेर्माले ४१ मिनेट ४४ सेकेण्डमा सो दूरी पार गरिन् ।
उनीहरुलाई पुरस्कारस्वरुप नगद ४० हजार प्रदान गरिएको छ । त्यसैगरी अमिर लिम्बू ३२ मिनेट ५० सेकेण्ड र प्रिया क्षेत्री ४२ मिनेट ३ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो भए । उनीहरुलाई नगद ३० हजार प्रदान गरियो ।

प्रतिक्रिया