स्कटल्याण्डले नेपाललाई दियो १७१ रनको लक्ष्य


काठमाडौं । आइसीसी टी–२० विश्वकपअन्तर्गतको खेलमा स्कटल्याण्डले नेपाललाई १७१ रनको लक्ष्य दिएको छ । मुम्बईको वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रनको योगफल तयार पारेको हो ।

स्कटल्याण्डका लागि ब्याटर माइकल जोन्सले विस्फोटक पारी खेले । उनले ४५ बलको सामना गर्दै ८ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ७१ रनको योगदान दिए । अर्का ओपनर जर्ज मुन्सेले २७ रन जोड्दै जोन्ससँग ८० रनको ओपनिङ साझेदारी गरेका थिए।

नेपालका लागि बलिङतर्फ सोमपाल कामीले उत्कृष्ट पुनरागमन गरे। उनले एकै ओभरमा २ विकेट लिँदै स्कटल्याण्डको रनको गतिमा अंकुश लगाएका थिए।