सङ्कटा महिला क्लब राष्ट्रिय महिला फुटबलको सेमिफाइनलमा


उदयपुर । गाईघाटस्थित थरुहट रङ्गशामा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा काठमाडौँको सङ्कटा महिला क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

आयोजक अखिल नेपाल फुटबल संघका अनुसार मंगलबार भएको सङ्कटा र चर्च ब्वाइज युनियनबीचको खेलमा सङ्कटाले चर्च ब्वाइजलाई १ को विरुद्ध ४ गोलले पराजित गरेको हो ।

बुधबारको खेल त्रिभुवन आर्मी र नेपाल प्रहरीबीच हुने आयोजकले जनाएको छ । फाइनल खेल ९ गते हुने छ । प्रतियोगिताको विजेता टिमले सात लाख ५० हजार नगद र ट्रफी प्राप्त गर्ने छभने उपविजेताले नगद पाँच लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।