पोखरा । प्लानिङ ब्वाइज युनाइटेड पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ । शुक्रबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई ४–० गोलले हराउँदै प्लानिङले क्वाटरफाइनलमा आभा एफसीसँगको भेट पक्का गरेको हो ।
पोखरा रंगशालामा भएको खेलमा प्लानिङलाई जित दिलाउन पापा इबोउ केबेले ह्याट्रिक पूरा गर्दा एलेक्स विलियमले एक गोल गरे । २४ औँ मिनेटमा विलियमले गोल गर्दै प्लानिङलाई शुरूवाती अग्रता दिलाएका थिए ।
४५ औँ मिनेटमा पापे इबु केबेले गोल गर्दै प्लानिङको अग्रता दोब्बर बनाए । ५४ औँ मिनेटमा पाप इबु केबेले व्यक्तिगत दोस्रो गोल गर्दै प्लानिङलाई ३–० गोलको अग्रता दिलाए । यस्तै ८१ औँ मिनेटमा इबु केबेले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेर प्लानिङलाई ४–० गोलको जित दिलाएका हुन् । अब प्लानिङले क्वाटरफाइनलमा अभा एफसी, उज्वेकिस्तानको सामना गर्नेछ ।

प्रतिक्रिया