आइसीसी टी–२० विश्वकपमा नेपाल इटालीसँग पराजित


काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको छ । नेपालले दिएको १२४ रनको लक्ष्य इटालीले १२ ओभर ४ बलमा एक विकेट नगुमाई भेटायो । इटालीका एन्थोनी मोस्काले ६२, जस्टिन मोस्काले ६० रन बनाए ।

यसअघि भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर १२३ रन बनायो । नेपालका आरिफ शेखले २७, कप्तान रोहित पौडेलले २३, आसिफ शेखले २०, करण केसीले नटआउट १८ रन बनाए । इ

टालीका क्रिशन कालुगामेजले ३ विकेट लिए । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नेपाल इङ्ग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो ।