काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले आज इटालीसँग खेल्दैछ । पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रनले पराजित भएको नेपाल दोस्रो खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।
नेपाल र इटालीको खेल मुम्बईको वानखेड़े स्टेडियममा दिउँसो सवा ३ बजे शुरू हुनेछ । यसअघि गएको आइतबार भएको पहिलो खेलमा इङ्ल्यान्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल ४ रनले पराजित भएको थियो । नेपालले समूहको तेस्रो खेल फागुन ३ गते वेस्ट इन्डिज र फागुन ५ गते स्कटल्यान्डसँग खेल्ने छ ।

प्रतिक्रिया