झापा । त्रिभुवन आर्मी सातौँ एक्स्ट्रिम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको क्वाटरफाइनल खेलमा लालीगुराँस एसोसिएसन पोखरालाई टाईब्रेकरमा ४–२ गोलले हराउँदै आर्मीले अन्तिम चारमा स्थान बनाएको हो ।
आर्मीका लागि नविन लामा, विक्रम तामाङ, जर्जप्रिन्स कार्की र विकेश कुथुले गोल गरे । पोखराका टिकाराज गुरुङ र सुदिप गुरुङले मात्र गोल गरे । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको हो ।

प्रतिक्रिया