इंग्ल्यान्डले नेपाललाई दियो १८५ रनको लक्ष्य


काठमाडौं । आईसीसी टी–२० विश्वकपको समूह ’सी’ अन्तर्गत जारी खेलमा इंग्ल्यान्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ । आइतबार भारतको मुम्बईमा रहेको वानखडे क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएको हो ।

इंग्ल्यान्डका लागि जेकोब बेथलले अर्धशतक पारि खेले उनी ५५ रन बनाएर आउट भए । त्यस्तै, कप्तान ह्यरी ब्रूकले पनि नेपालविरुद्ध अर्धशतक बनाए। उनले ३२ बलमा ५३ रन बनाउँदै आउट भए ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरि र नन्दन यादवले समान २ विकेट लिँदा शेर मल्ल, सन्दिप लामिछाने र करन केसीले ११ विकेट लिए।