एथलेटिक्स टोली चीन प्रस्थान


काठमाडौँ । बाह्रौँ एसियाली इन्डोर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन तीन  खेलाडीसहित पाँच  सदस्यीय नेपाली टोली मंगलबार चीनको तियाङजेन प्रस्थान गरेको छ ।

यही फेब्रुअरी ६ देखि ८ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ४०० र ८०० मिटर दौडमा सोमबहादुर कुमाल, ६० मिटर दौड र लङजम्पमा सलिन देवान तथा मुकेश पालले एक हजार ५०० र तीन हजार मिटर दौडमा प्रतिस्पर्धा गर्ने नेपाल एथलेटिक्स सङ्घका सचिव आरके विष्टले जानकारी दिए।

अफिसियलमा एथलेटिक्स सङ्घका उपाध्यक्ष सन्तोषकुमार ढकाल तथा प्रशिक्षकमा एथलेटिक्सकी मुख्य प्रशिक्षक उषाकर्ण चौधरी छन् । 

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले आज यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गरे ।