काठमाडौँ । आइसिसी टी–२० विश्वकपको अभ्यास खेलमा नेपालले युएईमाथि ७ विकेटको सहज जित निकालेको छ । मंगलबार चेन्नईमा भएको खेलमा युएईले दिएको १४६ रनको लक्ष्य १७ ओभरमा ३ विकेटको क्षतिमा पार गरेर नेपालले जित निकालेको हो ।
नेपाललाई जित दिलाउन आरिफ शेख र दीपेन्द्र सिंह एरीले अर्शसतक बनाए । ६.५ ओभरमा ४५ रन बनाउँदा तीन विकेट गुमाएको नेपालको लागि दीपेन्द्र सिंह एरी र आरिफ शेखले सतकीय साझेदारी गर्दै जिततर्फ डोर्याएका हुन् ।
त्यसअघि पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेटको क्षतिमा १४५ रन जोड्यो ।

प्रतिक्रिया