नेपालले स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्ने


काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले स्कटल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेपछि स्कटल्यान्डले ब्याटिङ गर्ने भएको हो ।

नेपालले आजको खेलमा अघिल्लो टोलीमा रहेकी एक खेलाडी परिवर्तन गरेको छ । मनीषा उपाध्यायले प्लेइङ ११ मा स्थान बनाउँदा सुमन विष्ट बाहिरिएकी हुन् । आज हुने निर्णायक खेलमा नेपाल फराकिलो जित निकाल्दै सुपर सिक्समा पुग्ने सम्भावनालाई जीवित राख्न चाहन्छ ।

आजको खेलमा जित निकालेपनि नेपालले थाइल्याण्ड र नेदरल्यान्ड्स बीचको खेलको नतिजा पर्खिनुपर्नेछ । थाइल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित नेपालले पछिल्लो खेलमा खेलमा जिम्बाबेमाथि जित निकालेको थियो । हाल नेपाल ३ खेलबाट २ अंक जोड्दै समूह ‘बी’को चौथो स्थानमा रहेको छ भने समान खेलबाट ४ अंक जोडेको स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ ।