काठमाडौं । काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले लगातार तेस्रो जित हासिल गरेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मच्छिन्द्रले प्लानिङ ब्वाइज युनाइटेडलाई २–० ले हराउँदै लगातार तेस्रो जित हासिल गरेको हो । मच्छिन्द्रको जितमा सौरभ सुब्बाको खेलको ४१औँ मिनेटमा पहिलो गोल गरेका थिए ।
जोनाथनले ७४औँ मिनेटमा एक गोल थपे । जितसँगै तीन खेलबाट मच्छिन्द्रको नौ अंक भएको छ । समान खेल खेलको प्लानिङ ब्वाइजको चार अंक छ ।
प्लानिङले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई हराएको थियो । प्लानिङले दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबसँग गोलरहित बराबरी गरेको थियो । मच्छिन्द्रले पहिलो खेलमा एनआरटी र दोस्रोमा मनाङ–मस्र्याङ्दी क्लबलाई पराजित गरेको थियो ।

प्रतिक्रिया