नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित


काठमाडौँ । नेपालले आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा पराजित भएको छ । बिहीबार भएको समूह ‘बी’ अन्तर्गतको खेलमा नेपाललाई नेदरल्यान्ड्सले २ रनले पराजित गर्यो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरयान्ड्सले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि ७ विकेट गुमाउँदै १३८ रन बनायो ।

नेपालका लागि रुविना क्षेत्री अविजित ३७, सीता रानमागरले अविजित २७, विन्दु रावलले १८, सम्झना खड्काले १४ र कविता जोशीले १३ रन बनाए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४० रनको योगफल तयार पारेको थियो ।