साफ यू–१९ महिला फुटबल टोली घोषणा


काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पोखरामा हुने साफ यू–१९ महिला च्याम्पियनसिपका लागि मंगवबार २३ सदस्यीय नेपाली  टोली घोषणा गरेको छ । 

यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म पोखरा रङ्गशालमा हुने च्याम्पियनसिपका लागि एन्फाले २३ सदस्यीय नेपाली टोलीको अन्तिम नामावली घोषणा गरेको हो ।

टोलीमा अलिजा विक, अनिता रानामगर, आशिका कार्की, माया मास्के, मीनमाया श्रेष्ठ, वर्षा कुँवर, वर्षा ओली, भूमिका बुढाथोकी, ज्ञान्सु डोल्मो लो, झर्ना डुम्राकोटी, जुना तामाङ, कृतिशा तामाङ,  निर्मला आचार्य र प्रजिता राई छन् । 

यस्तै, पूर्णिमा ताडी, सारा लिम्बू, सवनम राई, सलोनीकुमारी चौधरी, सङ्गीतकुमारी मल्ल, सेनु पारियार, सृजना बडुवाल, सुशीला केसी र यमकुमारी विक पनि टोलीमा छन् । 

प्रतियोगितामा  नेपालसहित भारत, बङ्गलादेश र भुटान गरी चार राष्ट्रले प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ ।