काठमाडौँ । नेपाल सितोरियो कराँते सङ्घ, लैनचौर शाखा डोजोको आयोजनामा राष्ट्रिय काष्ठमण्डप कराँते प्रतियोगिता हुने भएको छ ।
बुधबारदेखि हुने प्रतियोयितामा नेपाल प्रहरी, नेपाल आर्मी र सशस्त्र प्रहरी (एपीएफ) गरी १० टोलीबाट २१० खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक रामकुमार थारुले जानकारी दिए । प्रत्येक टोलीबाट २१ खेलाडी सहभागी हुने उनले बताए ।
त्यस क्रममा पुरुषमा नौ र महिलामा आठ गरी १७ स्पर्धामा खेल हुनेछन् । टोली विजेताले एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । तीनदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने आयोजकले जनाएको छ ।

प्रतिक्रिया