एन्फा राष्ट्रिय लिग फुटबलमा चित्लाङ र पुलिस विजयी


काठमाडौँ । राजधानीमा जारी एन्फा राष्ट्रिय पुरुष लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा चित्लाङ एफसीले विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरी खेलेको छ ।

सातदोबोटोस्थित एन्फा मुख्यालय मैदानमा भएको खेलमा दुवै टोलीले एक एक गोलको बराबरी खेले ।

म्याथिउ बाबाटुण्डेको गोलमा चित्लाङले खेलको ४१औँ मिनेटमा पुलिसविरुद्ध सुरुवाती अग्रता लिएको थियो । त्यसपछि खेलको ८८ औँ मिनेटमा चित्लाङका लछुमान रानामगरले आत्मघाती गोल गरेपछि खेल एक÷एक गोलको बराबरीमा सकियो ।

यसैगरी आजै भएको अर्को खेलमा प्लानिङ ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई गोलरहित बराबरीमा रोक्न सफल भयो ।