काठमाडौं । साफ महिला फुटसल च्याम्पियनसिपमा नेपाल विजयी भएको छ । बिहीबार भएको खेलमा माल्दिभ्सलाई ५–० गोलले हराउँदै नेपालले जित निकालेको हो ।
थाइल्याण्डको बैंककमा भएको खेलमा नेपाललाई जित दिलाउन जेनिफर रानाले दुई गोल गर्दा बिमला चौधरी र मनिषा थापा मगरले समान एक/एक गोल गरे ।
नेपालले एक गोल उपहार पाएको हो । यसअघि भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग २–२ गोलको बराबरीमा रोकिएको थियो । अब नेपालले तेस्रो खेलमा शनिबार भारतसँग खेल्नेछ ।

प्रतिक्रिया