सशस्त्र प्रहरी अधिकृत र पत्रकारबीचको मैत्रीपूर्ण फुटबलमा सशस्त्रको जित


काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालको २५औँ सशस्त्र प्रहरी दिवस २०८२ का अवसरमा सशस्त्र प्रहरी अधिकृत र पत्रकारबीच भएको मैत्रीपूर्ण फुटबल भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित एपिएफ रङ्गशालामा शनिबार भएको खेलमा सशस्त्र प्रहरीकातर्फबाट तीन र पत्रकारकातर्फबाट एक गोल भएको थियो ।

सशस्त्र प्रहरीका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र पत्रकारका तर्फबाट नेपाल समाचारपत्र दैनिकका कार्यकारी सम्पादक दीपक रिजालले टिमको कप्तानी गरेका थिए । फुटबल प्रतियोगितामा सुरक्षा विटमा कार्यरत सञ्चारकर्मीको सहभागिता रहेको थियो ।