नेपाली महिला क्रिकेट टोली स्कटल्यान्डसँग पराजित


काठमाडौँ ।  आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । 

नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन बनाइन् । त्यसैगरी कविता कुँवरले अविजित २९ रन जोड्दा कप्तान इन्दु बर्माले २८ तथा कविता जोशीले २२ रन बनाइन् ।

स्कटल्यान्डका लागि डार्शी कार्टरले तीन विकेट लिइन् भने क्याथरिन ब्रिस, ओलिभिया बेल र चोल अबेलले समान एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८३ रनको योगफल बनाएको थियो । उसका लागि क्याथरिन ब्रिसले २८ बलमा अविजित ६२ रन बनाइन् । त्यस्तै प्रियानाज चटर्जीले अविजित ४० रन बनाइन् ।

नेपालका लागि रुबिना क्षेत्री र कविता कुँवरले समान दुई÷दुई विकेट लिइन् भने रिया शर्मा र रचना चौधरीले समान एक÷एक विकेट लिए ।