रियल बेटिसविरुद्ध रियल म्याड्रिडको ५–१ को जित


काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत रियल म्याड्रिडले रियल बेटिसविरुद्ध फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा रियल म्याड्रिडले रियल बेटिसलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा गोन्जालो गार्सियाले ह्याट्रिक गरेका थिए । त्यस्तै राउल असेन्सियो र फ्रान गार्सियाले एक एक गोल गरेका थिए । त्यसैगरी रियल बेटिसका कुचो हेर्नानडेजले एक गोल गरेका थिए ।

यस खेलमा रियल म्याड्रिड आफ्ना स्टार खेलाडी किलीयन एम्बाप्पे बिना खेलेको थियो । यो जितपछि रियल म्याड्रिडको १९ खेलमा ४५ अंक भएको छ र शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ४ अंकले पछाडी रहेको छ ।

त्यसैगरी रियल बेटिसको भने १८ खेलमा २८ अंक रहेको छ र लिगमा छैटौं स्थानमा छ ।