काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै हेल्प नेपाल स्पोर्टस क्लबले नवौँ एनभिए राष्ट्रिय भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार भएको फाइनल खेलमा हेल्प नेपालले आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै प्रतियोगिताको उपाधि जितेको हो । हेल्प नेपालले आर्मीमाथि २५–२१, २५–२१ र २५–२१ ले जित निकाल्यो ।
सोही मैदानमा आजै भएको महिलातर्फको फाइन खेलमा न्यू डायमन्ड एकेडेमीले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै महिलातर्फको उपाधि जितेको छ ।
फाइनलमा न्यू डायमन्डले सुरुदेखि नै दबाब कायम राख्दै पहिलो सेट २५–१८, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पार्यो ।

प्रतिक्रिया