काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधिहरू समेटिएको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।
शनिबार पत्रकार सम्मेनल गरी क्यानले सन् २०२६ को लागि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । क्यालेन्डर अनुसार पुरुष, महिला तथा युवा तहमा वर्षभरि विभिन्न राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना हुनेछन् ।
सन् २०२६ मा घरेलु स्तरमा पुरुष ए डिभिजन कप जिल्ला र प्रदेशस्तरमा आयोजना हुनेछ भने जय ट्रफी र राष्ट्रिय विद्यालय च्याम्पियनसिप जिल्लास्तर र प्रदेशस्तरमा सञ्चालन हुनेछन् ।
पुरुष राष्ट्रिय ए डिभिजन कप र राष्ट्रिय विद्यालय च्याम्पियनशिपले मार्च र अप्रिलमा प्रतिस्पर्धा हुनेछ । महिला ए डिभिजन कप जिल्ला तथा प्रदेशस्तरमा खेलाइनेछ ।



प्रतिक्रिया