काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई पराजित गर्दै नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा सेमिफाइनलमा पुगेको छ ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा आज सम्पन्न समूह ‘बी’ को खेलमा पुलिसले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सेमिफाइनल खेलमा पुलिसले आर्मीसँगको भेट पक्का गरेको छ ।
पुलिसले मधेश प्रदेशलाई पहिलो सेट २५–३ ले पराजित गर्यो भने खेलको दोस्रो सेट २५–८ तथा तेस्रो सेट २५–९ ले आफनो पक्षमा पा¥यो । जितसँगै समूह विजेता बनेको पुलिसले शतप्रतिशत नतिजा निकाल्दै आठ अङ्क पुर्याएको छ । समान ३ खेलबाट ७ अङ्क जोडेको एपीएफ उपविजेता बन्यो ।
पराजित मधेश भने प्रतियोगितामा जितविहीन रह्यो । सुदूरपश्चिम प्रदेशले ३ अंक हात पार्दै तेस्रो स्थानमा चित्त बुझायो । यता आर्मी भने समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रतिक्रिया