काठमाडौं । राष्ट्रिय यू–१९ महिला टिमको मुख्य प्रशिक्षकमा सुमन श्रेष्ठ नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले श्रेष्ठलाई मंगलबार यू–१९ महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
योसँगै नवनियुक्त मुख्य प्रशिक्षक श्रेष्ठले पोखरामा आगामी माघ १५ गतेदेखि हुने साफ यू–१९ महिला च्याम्पियनसिपमा घरेलु टोलीको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
मुख्य प्रशिक्षक श्रेष्ठले नेपाली फुटबलमा अनुभवी प्रशिक्षक हुन् । उनले गत वर्ष फागुनमा नेपाल सुपर लिग (एनएसएल)मा पोखरा एभेन्जर्सलाई फाइनलसम्म पुर्याएका थिए ।

प्रतिक्रिया