‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियन’ शाह नगदसहित सम्मानित


कास्की । श्रीलङ्काको राजधानी कोलोम्बोमा हालै सम्पन्न वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसिपमा महिलातर्फ च्याम्पियन बन्न सफल खेलाडी शर्मिला शाह शुक्रबार पोखरामा सम्मानित भएकी छन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) कास्कीले शाहलाई नेपालबाट प्रतियोगितामा सहभागी बनेर उपाधि जित्दै देशको नाम अन्तरराष्ट्रियस्तमा राख्न सफल भएकामा नगद २५ हजार, सम्मानपत्र र दोसल्लाले सम्मान गरेको हो ।

हिसानको १८औँ संस्करणको स्पोटर््स मिटको उद्घाटन समारोहमा पोखरा महानगरपालिका–११ फूलबारी निवासी शाहलाई गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा इन्द्रप्रसाद तिवारीलगायतले सम्मान गरे ।

वल्र्ड पावर लिफ्टिङ फेडेरेसनको आयोजना र श्रीलङ्का पावर लिफ्टिङ फेडेरेसनको संयोजनमा भएको प्रतियोगितामा शर्मिलाले ८४ केजी समूहमा नेपालका लागि स्वर्ण पदक जितेकी थिइन् । भारत, पाकिस्तान, श्रीलङ्का, अष्ट्रेलिया, रसियालगायत देशका खेलाडी सहभागी भएको सो प्रतियोगितामा नेपाली खेलाडी शर्मिलाले महिलातर्फ उपाधि जित्न सफल भएकी थिइन् ।

सम्मानित शाहले आफूले विश्व च्याम्पियन बन्न कठिन यात्रा पार गरेको बताउँदै हारबाट सिक्दै अघि बढेमा सफलता हात लाग्ने बताइन् ।