एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा


काठमाडौँ । राजधानीमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालको एपिएफ क्लब समूह उपविजेता बन्दै फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेरश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा भारतको इस्ट बङ्गालसँग गोलरहित बराबरीमा खेल्दै एपिएफ उपविजेताका रुपमा फाइनलमा प्रवेश गरेको हो ।

त्यसैगरी बराबरी खेलसँगैँ इस्ट बङ्गाल पनि समूह विजेता बन्दै प्रतियोगिताको फाइनलमा पुग्यो । खेलको विभिन्न समयमा पाएको अवसर दुवै टोलीले सदुपयोग गर्न नसकेपछि खेलमा गोल हुन सकेन । फाइनल खेल यही पुस ५ गते हुनेछ ।